महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो

शेयेर गर्नुहोस

काठमाण्डौ – प्रधानमन्त्रीकप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराएको छ । एपीएफले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरको खेलमा छ विकेट गुमाएर ६७ रन मात्र बनायो ।

सुदूरपश्चिमका लागि कबिता कुँवरले सबैभन्दा धेरै २९ रन बनाइन् । एपीएफकी इन्दु बर्मा र कबिता जोशीले समान दुई विकेट लिए । यस्तै सबनम राईले एक विकेट लिइन् ।

त्यसअघि धनगढीको फाप्ला मैदानमा खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपीएफले २ विकेट गुमाएर १ सय २६ रन बनायो । एपीएफका लागि इन्दु बर्माले ५८, ममता चौधरीले ३६ र कविता जोशीले १३ बनाए । सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिइन ।

यस्तै प्रतियाेगितामा अहिले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच खेल भइरहेको छ । 

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *