सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो

शेयेर गर्नुहोस

काठमाण्डौ – सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाग्मती र गण्डकी प्रदेशको तराईमा लागेको हुस्सु र कुहिरो दिउँसोसम्ममा क्रमिक रुपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशको तराईका धेरै ठाउँमा लागेको हुस्सु र कुहिरो मध्यान्नपछि मात्रै हट्दै जानेछ । केही दिनयता पूर्वी र मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने गरेको छ । बाक्लो हुस्सु र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै आएको छ ।

आज अरु ठाउँको मौसम भने मुख्यतया सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हिजो हल्का वर्षा र हिमपात भएको थियो । आज कतै पनि वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed