अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

शेयेर गर्नुहोस

अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ ।

त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् ।

आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै  १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर प्रयास भइरहेको छ ।

यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed