शेयेर गर्नुहोस
अछाम । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अछामको १२ औं जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले जगत बहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल प्रसाद-भण्डारी, सचीव जनक बहादुर बुढा, सहसचिव खम्म नेपाली, कोषाध्यक्ष लोकेन्द्र साउद लगायत अन्य सदस्य रहेका छन । सदस्यहरुमा कृष्णा कुमारी थापा, हेमन्त बहादुर शाही, शिबराज ढुंगाना, रमेश विक, कृष्ण प्रसाद धमाला, पुष्पराज खनाल र हिक्मत धामि रहेका छन ।
अधिवेशनबाट बिष्णुप्रसाद जैसीलाई प्रदेश प्रतिनिधि र नरेन्द्र बहादुर शाहलाई केन्द्रिय प्रतिनिधिमा छनोट गरेको छ । यसअघि संगठनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद जैसीको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्व साँसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बोगटी प्रमुख अतिथि रहनुभएको थियो । एमाले जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा, मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष झपट बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको उदघाटन समारोहको सञ्चालन जिल्ला सचिव झनक अधिकारीले गर्नुभएको थियो ।