आर्मीलाई हराउँदै पुलिसको महिला टोली टाइगर कप भलिबलको इलिमिनेटरमा

शेयेर गर्नुहोस

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो ।

‘हार्ने समूह’ बाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले यसअघि थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडलाई हराएको थियो । त्रिभुवन आर्मी क्लब र ट्राभल इन्क्वायरी एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।

पुलिसले अब विजेता समूहबाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटरमा खेल्नेछ । विजेता समूहमा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बलको एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लब छन् ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *