दर खाँदा मिलाउनुपर्ने खानाको सन्तुलन

शेयेर गर्नुहोस

काठमाडौं । आज दर खाने दिन । हिन्दु महिलाहरूले भोलि बस्ने निर्जला व्रतको लागि आज मध्यरातमा पौष्टिक युक्त खाना खाएर दिनभरिको व्रतको पूर्वतयारी गर्छन् ।

भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ । तर त्यसरी असन्तुलित र कम पौष्टिक खाना खान नहुने पोषणविद्हरूको मत छ ।

पोषणविद् डा। अरुणा उप्रेती स्वास्थ्यलाई ख्याल गरेर आफूले नियमित खाने खानालाई नै दरको रूपमा खानुपर्ने बताउँछिन् । उनी भोलि भोकै बस्नु छ भनेर पेटमा अपच हुने गरी खाना खाँदा शरीरलाई त्यसले फाइदा नगर्ने उनी बताउँछिन् ।

तीजको अघिल्लो दिन खाइने दरमा भोलिपल्ट व्रत बस्नका लागि आवश्यक पर्ने पौष्टिक तत्व पुग्नेगरी खाना खानु पर्ने हो । हिन्दु संस्कृतिमा हुने ८४ व्यञ्जनको मान्यताले पनि थोरैमात्रामा धेरै परिकार खानुपर्नेमा जोड दिएको छ ।

हामीले दैनिक जीवनमा प्रयोग गर्ने खानाहरूबाट भिन्दाभिन्दै पोषक तत्व पाउने गरिन्छ । जस्तो बिहानबेलुका खाने चामल होस् या गहुँको पिठोमा कार्बोहाइड्रेड पाइन्छ । हरेक नेपालीको तरकारीमा आलु अनिवार्यजस्तै हुन्छ । यसमा पनि कार्बोहाइड्रेडको मात्रा पाइन्छ । अन्य कन्दमूलजन्य खाद्य सामग्रीमा पनि कार्बोहाइड्रेड पाउन सकिन्छ ।

त्यस्तै, मांसाहारीको लागि मासु, माछा, अण्डा आदि प्रोटिनको मुख्य स्रोत हो । शाकाहारीहरूले प्रोटिनको लागि नै दूधका परिकार खाने गर्छन् । विभिन्न प्रजातिका गेडागुडी पनि प्रोटिनको मुख्य स्रोत हुन् ।

अर्कोतर्फ हाम्रो शरीरलाई चाहिने चिल्लो पदार्थका लागि बोसो, तेल, घिउ आदि खाने गरिन्छ । तेलहन खाद्य पदार्थ जस्तै भटमास, बदाम, ओखर, तोरी आदिबाट पनि हाम्रो शरीरलाई चाहिने चिल्लो पदार्थ पाउन सकिन्छ ।

तर पोषणविद् उप्रेती भने खाना खाने बेलामा पोषक तत्व कति मात्रामा छ भनेर अनावश्यक चासो दिन नहुने उनी बताउँछन् । उप्रेती हामीले नियमित खाने दाल भात तरकारी र अचारमा नै हामीलाई चाहिने पौष्टिक आहार हुने भएकोले यति मात्रामा कार्बोहाइड्रेड र यति मात्रामा प्रोटिन युक्त खाना खाने भनेर अनावश्यक चिन्ता लिन नहुने उनी बताउँछन् ।

हरियो तरकारी, फलफूल र गेडागुडीले शरीरमा भिटामिनको मात्रा समेत बढाउने गर्छ । भिटामिन र खनिज तत्वहरू मात्रात्मक रूपमा शरीरको लागि कम आवश्यक हुन्छ । यद्यपि शरीरको लागि यी पदार्थहरू अत्यावश्यक पनि छन् ।

बिहीबार दर खाने दिन । दर खाँदा पनि खाद्यान्नको मात्रा र परिकारको विषयमा ध्यान दिनुपर्ने हुन्छ । दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । पोषणविद्हरूका अनुसार अघिल्लो दिन बढी चिल्लो पिरो खाना खाने र भोलिपल्ट दिनभरि निर्जला व्रत बस्दा त्यसले शरीरमा विभिन्न समस्या सिर्जना हुने भएकोले अघिल्लो दिन सन्तुलित खाना खानुपर्नेमा उनीहरुले जोड दिए ।

अर्कोतर्फ हिन्दु संस्कार अनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समयसमयमा व्रत बस्नु स्वास्थ्यको लागि समेत उपयुक्त मानिन्छ । तर पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्ने पोषणविद्हरू बताउँछन् ।

अघिल्लो दिन कार्बोहाइड्रेड, प्रोटिन र भिटामिन युक्त खाना खाने र तीजको दिन दही, फलफूल, हरियो सलाद आदिको खाने हो भने स्वास्थ्यमा कुनै समस्या नआउने जानकारहरू बताउँछन् ।

त्यस्तै, दर खाने दिन बजारमा पाइने विभिन्न रंगका मिठाइ पनि खाने चलन छ । तर यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुने उनीहरूको मत छ ।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक