उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

शेयेर गर्नुहोस

कञ्चनपुर  ।  शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु. तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

“हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ”, उहाँले भन्नुभयो, “झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्”, पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताउनुभयो ।

“उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ”, उहाँले भन्नुभयो, “दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हुँदा नोक्सानी व्यहोर्नुपरेको छ ।” उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ । रासस

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed