डोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

शेयेर गर्नुहोस

डोटी ।  जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुई तले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडाबर्तनलगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिनुभयो । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा छ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिनुभयो । रासस

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *