तिन हप्तादेखि हाकिम विहीन मंगलसेन नगरपालिका : आर्थिक तथा प्रशासनिक कार्य ठप्प, टेरेन मन्त्रालयले मेयरको अनुरोध 

शेयेर गर्नुहोस

पवन भण्डारी, धनगढी । तिन हप्तादेखि अछामको मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारीलाई माघ ९ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट हटाए पछि पालिका हाकिम विहीन बनेको हो  ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेपछि नगरपालिकामा हालसम्म प्रशासनिक र आर्थिक कामकाज ठप्प रहेका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन् । सेवाग्राहीहरूले नगरपालिकाबाट हुने भुक्तानी, सम्झौता, सिफारिस लगायतका कामहरू गर्न पाएका छैनन् । 

सेवा नपाउँदा सेवाग्राहीहरूमा आक्रोशित बढ्न थालेका छ । तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने कुनै सुरसार गरेको छैन ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेपछि नगरपालिकाका मेयर पदम बहादुर बोहराले माघ ११ गते नै प्रमुख प्रशासकीय अधिकृत खटाइदिन मन्त्रालयलाई पत्राचार गरेका थिए । उनले ७२ घण्टाभित्र प्रमुख प्रशासकीय अधिकृत खटाइदिन अनुरोध गरेका भए पनि मन्त्रालयले पत्र पठाएको तीन साता पुग्नै लाग्दा पनि कुनै वास्ता गरेको छैन । 

मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहोराले “आफूले निमित्त प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाई सकेको दुई दिनमै मन्त्रालयमा पत्राचार गरी प्रशासकीय अधिकृत खटाउन भने पनि हाल सम्म कसैलाई पनि नपठाएको बताए ।” अहिले सुन्नमा आएको कुरा बढुवा गरेकाहरूलाई तालीम दिइरहेको छ रे सायद तालीम सकिए पछि पठाउनकी बोहोराले भने ।” यदि अबको केही दिनमा नपठाए पुनः पत्राचार गर्छु नभए मन्त्रालयमै गएर भए पनि हाकिमको ब्यावस्थापनका लागी पहल गर्छु प्रमुख बोहोराले भने ।” नगरपालिका हाकिम विहीन भन्दा कामहरू अस्तव्यस्त रहेको प्रमुख बोहोराको भनाई छ ।” 

मङ्गलसेनसँगै चौरपाटी गाउँपालिकामा पनि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाको जिम्मेवारी खोसेको थियो । तर गाउँपालिकाले थापालाई नै पुनः जिम्मेवारी दिन अनुरोध गर्दै पत्र पठाएपछि केही दिन मै जिम्मेवारी तोकिदिएको थियो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed