अछाममा रुखबाट लडेर महिलाको मृत्यु

शेयेर गर्नुहोस

अछाम — अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्लाकी ६५ वर्षीया निखिरा नेपालीको बेडुलाको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

मंगलबार दिउँसो १ बजे घरबाट दुई सय मिटरको दुरीमा रहेको रुखमा उनी घाँस काट्न गएकी थिइन् । लडेर घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डीएसपी भण्डारीले बताए । ६५ वर्षीया निखिरालाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको उनका श्रीमान् देवबहादुर नेपालीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed