अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

शेयेर गर्नुहोस

धनगढी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेशले अहिलेको सरकारको निरंकुश प्रवृति अभिव्यक्त गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल,कैलालीले शनिबार धनगढी बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘संसद बोलाउने समयमा अध्यादेश ल्याएर त्यसको छ दिनपछि संसद अधिवेश बोलाउने अहिलेको सरकारको रबैया निरंकुश र घातक छ । अध्यादेशका अन्तरबस्तुका बारेमा हामीले अत्यन्त गलत छ भनेर विरोध गरेको छौँ ।’ उनले सरकारले अध्यादेश पास गर्न नसक्ने भएपछि प्रकृया पर सार्दै लगेको बताए ।

त्यस्तै सञ्चारकर्मीको प्रश्नमा श्रेष्ठले सरकार पार्टीको प्राथमिकतामा नरहेको बताए । उनले भने ‘अहिले सरकार हाम्रो प्राथमिकतामा छैन् । पार्टी रुपान्तरण,जनतासँगको जनसम्बन्ध बढाउने,जनपरिचालमा छ ।’उनले फरक प्रशंगमा बोल्दै पार्टी भित्र गुट उपगुट बढ्यो भन्ने कुरा सत्य नभएको बताउँदै व्यक्तिवाद गुटवाद पार्टीको समस्या भएको र त्यो समाधानउन्मुख भएको बताए । माओवादी केन्द्रले अरु कम्युनिष्ट र क्रान्तिकारी पार्टीसँग पार्टीगत एकता गर्न चाहेको बताउँदै त्यसमा एउटा शक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि भएको बताए । उनले भने एकताको लगातार पहल भइरहेको छ । पार्टी एकताबाट बिमुख भएका छैनौँ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed