बर्दियाको भुरिगाउँमा घरभित्र महिलाको शव फेला

शेयेर गर्नुहोस

काठमाण्डौ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा हत्या गरिएको अवस्थामा घरभित्रै महिलाको शव फेला परेको छ ।

स्थानीय ५१ वर्षीया राधा बोहोराको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी (डीएसपी) ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार घरभित्र कपडाले घाँटीमा बाँधेर हत्या गरी खाँबोमा बाँधेर बाहिरबाट ताल्चा लगाएको अवस्थामा महिलाको शव फेला परेको हो ।

पतिसँग सम्बन्ध विच्छेद भएपछि घरमा एक्लै बस्दै आइरहेकी मृतक राधा बोहोराकी एक छोरी अमेरीकामा रहेकी स्थानीयबासिन्दाले बताएका छन् । घटनाका सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed