शेयेर गर्नुहोस
टीकापुर । कैलालीको जानकी गाउँपालिका-३ सुवर्णपुर स्थित श्री भृकुटी माद्यामिक विद्यालयमा लागूऔषध दुर्व्यसनी तथा बाल विवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । ज्ञानज्योति युवा सञ्जालको आयोजनामा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको हो।
युवा सञ्जालका अध्यक्ष रामबहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरिया प्रमुख अतिथि रहेकी थिइन् भने विशिष्ट अतिथिमा जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुरेश चौधरी र वडा नम्बर ३ का कार्यपालिका सदस्य इन्द्र सोप विक रहेका थिए ।
कार्यक्रमको प्रशिक्षकमा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी नवीन राजा बुढाथोकी र लायकपुर स्वास्थ्य चौकीका प्रमुख विनोद कडायक रहेका थिए । उनीहरूले लागु औषध दुर्वेसनी र बालविवाहका सम्बन्धमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा श्री भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव पन्त, श्री जनकल्याण आधारभूत विद्यालयका शिक्षक सुरजलाल चौधरी, बालकल्याण संघ टीकापुरका तुलसी भाट, देवी शाह, लक्ष्मी चौधरी, जानकी गाउँपालिका सामाजिक विकास शाखाका कर्मचारी शान्ति कुमारी थापा, डीडब्लुआरएफ सामाजिक परिचालक पवित्रा विक, बडघर रामकृष्ण थारु, नेपाल पत्रकार महासंघ कैलालीका सदस्य चन्द्रप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए ।
युवा सञ्जालका सचिव अशोक चौधरीले सञ्चालन गरेको कार्यक्रममा सञ्जालका कोषाध्यक्ष सुस्मिता चौधरीले स्वागत गरेकी थिइन् । कार्यक्रमको लागि जानकी गाउँपालिका वडा नम्बर ३ ले आर्थिक सहयोग गरेको थियो भने विभिन्न संघसंस्थाले समन्वय गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ३ का सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।