बैतडीमा भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

शेयेर गर्नुहोस

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवलदार खडायत बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला  बारिल भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

तत्काल उहाँलाई गोकुलेश्वर अस्पताल लगिएपनी डाक्टरले मृत घोषणा  गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो  ।

मृतक खडायतको  शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed