अवैध काठ सहित एक ट्याक्टर प्रहरीको नियन्त्रणमा

शेयेर गर्नुहोस

धनगढी। कैलालीमा अवैध काठ सहितको एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

जिल्लाको टीकापुर नगरपालिका–६ का कमल चौधरीले चलाएको से १ त४६३८ नम्बरको ट्याक्टरमा अवैध रुपमा साल जातको काठ २ गोलिया ओसार पोसार गरिरहेको अवस्थामा ट्याक्टर र चालकलाइजिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले शनिवार नियन्त्रणमा लिएको हो।

उक्त ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय भजनी कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed