सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुग्यो

शेयेर गर्नुहोस

काठमाण्डौ – लगातार बढिरहेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ यही फागुन ८ गते र गएको कात्तिक १५ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसूल घटाएसँगै मङ्सिर १० गते एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको थियो ।

सरकारले गएको मङ्सिर ९ गते सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो भने चाँदीको पनि भन्सार महसूल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो । सुनको भन्सार दर घटेसँगै सुनको भाउमा पनि उचारचढाव भइरहेको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed