केपी ओली कप फुटबल प्रतियोगिता : उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै

शेयेर गर्नुहोस

काठमाण्डौ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरको दशरथ रगङ्शालमा बेलुका ६ बजे हुनेछ । मच्छिन्द्र क्लब केपी ओली कपको दुई पटकको विजेता हो ।

यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ ।  उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed