भीरबाट लडेर रोकायाको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा  । गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीय डम्मरबहादुर रोकाया रहनुभएको छ  ।

घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार (आज) मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताउनुभयो । करिब एक सय मिटर तल खोँचको खोलामा उहाँको लास फेला परेको उहाँले बताउनुभयो । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारीसमेत हुनुहुन्थ्यो ।

बस्तुभाउको लालनपालन गर्नका लागि जिल्लामा स्थानीयले बर्सेनि ज्यान गुमाउनुपरेको छ । 

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed