कञ्चनपुरबाट लागूऔषधसहित  ३ जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर। कञ्चनपुरमा लागूऔषध (खैरो हेरोइन ) सहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका-१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१-०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव शुन्य ७ ग्राम खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पुर्नवास नगरापलिका-१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिषेक मोक्ताङ, कैलालीको धनगढी उपमहानगरापलिका-११ धुडसुवा बस्ने २१ वर्षीय अरुण गैराल र धनगढी उपमहानगरापलिका-८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।

तिनै जनालाई खैरो हेरोइन र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ। 

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed