यीशू मसिहको नाममा दश करोड क्वाप्पै पारेर बजिन्दर सिंह वेपत्ता, प्रहरी-प्रशासन रमिते !

शेयेर गर्नुहोस

धनगढी । आफूलाई यीशू मसिहको दुत बताउने पास्टर बजिन्दर सिंह विरामी निको पार्छु भन्दै टीकापुरबाट करोडौं रुपैयाँ ठगेर भारत भागेकाे पीडितहरूले गुनासाे गरेका छन् ।चर्चमा आवद्ध रहेका भनिएका करण बिक, टाइगर उपनामले चिनिने बसन्त केसी, चन्द्र बहादुर थापा, निर्मला थापा, शिवराज भण्डारी, बकसपत्र राना र धनबहादुर चौधरीको नाम सामुन्ने आएको छकार्यक्रमका सभागीहरुले बजिनन्दरलाई नियन्त्रणमा लिने प्रयास गर्दागर्दै प्रहरीको स्कर्टिङ सुविधामा उनी टीकापुरदेखि १६ किलो मिटर  टाढा भारतीय सीमा पार गर्न सफल भएका थिए ।


 बजिन्दरलाई समात्न नसके पनि सभागीहरुले उनका तीन जना भारतीय सहयोगीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरलाई जिम्मा लगाएका थिए । ती तीनै जनालाई पनि टीकापुर प्रहरीले  कुनै अनुसन्धान नै नगरी मध्यरातमा छाडेको पीडितहरू बताउछन् । 

राति ११ बजे सहभागी मध्ये २३ जनाको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता दिएपछि उनीहरुलाई छोडिदिएको इलाका प्रहरी कार्यालय टीकापुरका एक जना प्रहरीले साँघुलाई बताए ।


बजिन्दरको सुरक्षामा दुई गाडी सादा पोसाकमा भारतीय प्रहरी पनि संगै आएको डिएसपी बुढाथोकीले सार्वजनिक रुपमा दावी गर्दा ती प्रहरी नक्कली रहेको खुलेको छ । भारत प्रवेश गर्ना साथ ती दुई गाडीबाट भारतीय पुलिसको स्टिकर उप्काएको र रातो बत्ती पनि झिकिएको प्रत्यक्षदर्शीले बताए ।


बजिन्दरलाई भगाउन र जनताले नियन्त्रणमा लिई बुझाएका बजिन्दरका सहयोगीहरुलाई समेत मध्यरातमा जमानती कागज नगरी छाड्नुमा डिएसपी बुढाथोकी, जिल्ला र प्रदेश प्रहरी प्रशासनप्रति  पीडितहरूले आशंका गरेका छन् ।


घटनाको भोलिपल्ट (२३ फाल्गुन २०८१) मा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमाल भने बजिन्दर बारे आफूलाई केही थाहा नभएको सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन् । तर आयोजकले जिल्ला प्रशासन कार्यालय कैलालीबाट अनुमति लिएर कार्यक्रम गरेको टीकारपुका डीएसपी नवीन राजा बुढाथोकीले बताउदै आएका छन् । प्रजिअ र डीएसपीको कुरा बाझिदा बजिन्दरले ठुलै थैली खर्च गरेर भाग्न सफल भएको आशंका पीडितहरूले गरेका छन् ।


टीकापुरको उक्त कार्यक्रम अनुग्रह चर्च नेपालको ब्यानरमा गरिएको थियो । यो चर्च सुदूरपश्चिम इसाई समाजको नेटवर्क भन्दा बाहिर रहेको सो समाजले बताएको छ । यस चर्चमा आवद्ध रहेका भनिएका करण बिक, टाइगर उपनामले चिनिने बसन्त केसी, चन्द्र बहादुर थापा, निर्मला थापा, शिवराज भण्डारी, बकसपत्र राना र धनबहादुर चौधरीको नाम सामुन्ने आएको छ ।

बिक,  टाइगर र चन्द्रबहादुर थापा समाजमा विगत देखि विभिन्न ठगी प्रकरणमा मुछिएका व्यक्ति भएकाे स्थानीयहरू बताउछन् । यिनै व्यक्तिहरुले विगत ३ महिना देखि देशभरीबाट विरामीको नाम टिप्ने र रकम आफ्नो खातामा हाल्न लगाउने काम गर्दै आएका थिए । 

संकलन भएको रकम हुण्डीलगायत विभिन्न माध्यमद्वारा  बजिन्दरलाई भारत पठाउने कार्यमा यिनीहरुकै मुख्य भूमिका रहेको ठगिनेहरू बताउछन् । यी सबैका बैंक तथा इसेवा खाताहरुको जाँच गर्न पीडितहरुले माग गरेका छन ।  

हाल उल्लेखित व्यक्तिहरु सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । ‘ती सबैका फोन पनि अफ छन’ इलाका प्रहरी कार्यालय टीकापुरका एकजना प्रहरी कर्मचारीले साँघु न्यूज डटकमलाई बताए ।


बजिन्दरले राेग निकाे पार्छ भनेर उपचार गराउन  बिहीबार (२२ फाल्गुन) टीकापुरको खेलकुद रंगशालामा करिब १५ हजार मानिसहरु भेला भएका थिए । देशका विभिन्न जिल्लाबाट आएका ती मानिसहरुबाट उपचार शुल्क बापत प्रति बिरामी पचास हजार रुपैयाँसम्म असुल गरिएको पीडितहरूबाट खुलेको छ ।


उपचारका लागि भेला भएका मध्ये अधिकांश  अशक्त, शारीरिक अपाङ्गता भएका, मिर्गौला रोगी, हातखुट्टा नचल्ने र नि:सन्तान महिलाहरु थिए । उनीहरुका सबै रोग निको पारिदिने भन्दै विगत तीन महिना देखि स्थानीय आयोजकले प्रत्येक विरामीबाट बैंक खाता, इ बैकिंङ, इ- सेवा र नगदका माध्यमद्वारा ठगहरूले कराेडाैं रकम उठाएका  थिए । तीन महिनाको अवधिमा करिब दश करोड रुपैयाँ उठाएको अनुमान गरिएको छ ।

उक्त कार्यक्रम एक भव्य इन्टरटेन्टमेन्ट इभेन्ट भन्दा कम थिएन । टेन्ट, स्टेज, साउण्ड सिस्टम, भिडियोग्राफी र निजी कम्पनीका सुरक्षा गार्ड सहित एक दिनका लागि तीस लाख रुपैयाँसम्म खर्च गरिएको बताइएको छ ।
कार्यक्रममा डेढ दर्जन महंगा गाडीको लस्कर सहित प्रवेश गरेका बजिन्दरले २ घण्टा जति येशू मसिहको नाम जप्दै विरामीहरुलाई झारफुक गरेको नाटक गर्दै उनकै आधिकारिक युट्वु च्यानल  प्रोफेट बजिन्दर सिंहमा हेर्न सकिन्छ । उनले हजारौं मानिसको भिडमा नेपाल र भारतका आफ्ना नक्कली विरामी घुसाउने र उनीहरुलाई रोग निको भएको नाटक गर्न लगाई सर्वसाधारणलाई प्रभावित पार्ने जुक्ति निकाल्दै ठग्न सफल भएकाे पीडितहरू बताउछन् । 

बजिन्दर सिंहले दिउँसै रात पारेर ठगी धन्दा  चलाएकाे टीकापुरकाे प्रहरी प्रशासनले कसरी थाहा पाएन ? याे नै रहस्यमय विषय बनेकाे छ । बजिन्दर समूहले नाटक गरेर ठगेकाे कुरा खुलेपछि बजिन्दरको टिमसंग सहभागीहरु आक्रोशित हुँदा विवाद भएर सबै भण्डाफाेर भएकाे थियो । सहभागी विरामी र उनका आफन्तहरुले आफूले तिरेको रकम फिर्ता गर्न माग गर्दै हो हल्ला गरेका थिए ।

रू. ३७ लाख सस्क्राइव भएको उक्त युट्युव च्यानलमा बजिन्दरका १८ सय भिडियो छन् । यसका अतिरिक्त जीसस सर्भिस २.० नामको अर्को युट्यु च्यानलमा पनि टीकापुरको कार्यक्रमको भिडियो देख्न सकिन्छ । बजिनन्दरको प्रचार प्रसारका लागि भनेर सामाजिक सञ्जालमा दर्जनौ एकाउन्ट, पेज, आइडी र युट्युव च्यानलहरु प्रयोगमा छन् । आफूलाई स्वघोषित पास्टर बताउने हरियाणा भारतका ४२ वर्षीय बजिन्दर हत्या मुद्दामा जेलमा बस्दा धर्म परिवर्तन गरेर इसाई भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनी  बलात्कार, यौन हिंसा, डकैती र ठगीका दर्जनौं मुद्दाका पटक पटक पक्राउ पर्ने गरेको विभिन्न सञ्चार माध्यमका समाचारहरुमा उल्लेख छ

साघु न्युजबाट साभार

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *