कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी। कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जानकी गाउँपालिका-८ खैरीपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई १ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-७ देबरियाबाट भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह पक्राउ परेका छन्। यी दुबै जनालाई ३३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।  

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed