६ वर्षसम्म सडक र पुल अधुरै, ठेकदार सम्पर्कविहीन

शेयेर गर्नुहोस

बझाङ — ठेक्का सम्झौता भएको ६ वर्ष पुगिसक्दा पनि सडक र पुल नबनेपछि स्थानीयलाई समस्या भएको छ । मष्टा गाउँपालिका(१, लाछीगाड खोलामा निर्माणाधीन पुल लामो अलपत्र भएको हो । पुल नहुँदा प्रत्येक बर्खामा गाउँपालिकाका वडा नं २ देखि ७ सम्मका ६ वटा वडामा सडक सम्पर्क विच्छेद हुने गरेको छ । ‘सबै गाउँमा सडक पुगिसकेको छ । अरु बेला गाडीको यात्रा गर्न पाए पनि पुल नहुँदा बर्खामा टाढासम्म हिँडेरै आउजाउ गर्नुपर्छ, मष्टा-४ का बिर्ख बोहराले भने, ‘कोही बिरामी भयो भने पनि डोकोमा बोकेर ६-७ घण्टा लगायर अस्पताल पुर्‍याउनुपर्छ । पुल नबन्दा पालिकाको दुर्गममा रहेका लटौन, ठकुन्ना, रिलु, दय लगायतका गाउँका बासिन्दाले बर्खामा बढी सास्ती बेहोर्नु परिरहेको उनले बताए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय बैतडीले २०७५ असोजमा पुष्पाञ्जली कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो । कुल लागत करिब ५ करोड रहेको उक्त पुलको आधाभन्दा बढी रकम ठेकदार कम्पनीले भुक्तानी समेत लिइसकेको कार्यालयले जनाएको छ । आधा निर्माण भएपछि पुलको काम बीचैमा छाडेको स्थानीयहरु बताउँछन् । ‘आधाभन्दा बढी काम भइसकेपछि काम बन्द गरेको हो । तीन वर्षदेखि पुल बनाउने कोही पनि आएका छैननन्,ु पुल निर्माणस्थलसँगै रहेको जिन्नाडा गाउँका विनोद थापा भन्छन्, ‘जनप्रतिनिधिले समेत छिटो निर्माण गरिदिनुपर्‍यो भनेर धेरैपटक अनुरोध गर्दा पनि मानेका छैनन् ।

ठेकदारले अटेर गर्दा पालिकाका अन्य विकास निर्माण पनि अवरुद्ध वडा नं-१ का वडाअध्यक्ष रामचन्द्र रोकायाले बताए । ‘यो पुल नबनेका कारण यहाँका स्थानीयले आवतजावतमा मात्रै समस्या भोगेका छैनन् । बर्खामा विकास निर्माणका काम समेत ठप्प हुने गरेको छ । खाद्यान्न र अन्य उपभोग्य सामान पनि महँगोमा खानुपरेको छ, उनले भने, ‘हामीले जति आन्दोलन गरे पनि ठेकदारले वास्तै गरेको छैन ।

पुल निर्माण अलपत्र छाडिएको बारे ठेकेदार कम्पनी पुष्पाञ्जली कन्स्ट्रक्सनका वीरेन्द्र चन्दलाई धेरै दिनदेखि सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । कार्यालयले ताकेता गर्दा छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउने तर काम नगर्ने पूर्वाधार विकास कार्यालय बझाङले बताएको छ । ‘चैत सुरुदेखि नै काम सुरु गर्छु भनेको हो, एक महिनाअघि ठेकदारसँग सम्पर्क भएको बताउँदै कार्यालय प्रमुख नृपराज जोशीले भने, ‘अहिले न काम सुरु गरेको छ न त सम्पर्कमा नै छ ।

५० प्रतिशतभन्दा बढी काम भए पनि स्पान, ढलान, पहुँच सडक निर्माण र सुरक्षणका काम बाँकी नै रहेको उनले बताए । तीन पटकभन्दा बढी म्याद थप भइसकेको भन्दै उनले कार्यालयले पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि ठेकदारले काम नगरेको सुनाए । ‘अब अति नै भयो भनेर कारबाहीको प्रक्रिया अघि बढाउने सोचेका छौं, उनले भने ।कान्तिपुरबाट

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *