प्रधानमन्त्री ओली र थाइल्यान्डका समकक्षी शिनावात्राबीच भेटवार्ता, भूकम्पले गरेको क्षतिप्रति दु:ख व्यक्त

शेयेर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी शिनावात्राबी आज बैंककको सरकारी भवनमा द्विपक्षीय भेटवार्ता भएको हो।

भेटमा सुरुवात मै प्रधानमन्त्री ओलीले केहि दिन अगाडि थाइल्याण्डमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालय जनाएको छ।null

भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ। यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed