सुदूरपश्चिममा शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्रीको निर्देशन

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख र अन्य प्रमुख कार्यालयका प्रमुखसँग महत्वपूर्ण बैठक गरेका छन्।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रदेशको शान्ति सुरक्षा, भन्सार चेकजाँच, आवागमन सहजीकरण, राजश्व संकलन र लागुऔषध नियन्त्रण जस्ता प्रमुख मुद्दामा छलफल गरिएको थियो।मुख्यमन्त्री शाहले प्रदेशको शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण, सडक दुर्घटनामा कमी ल्याउने र पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्ने निर्देशन दिएका छन्।

उनले जनतालाई राज्यबाट प्रदान गरिने सेवासुविधामा सहज पहुँचको वातावरण निर्माण गर्न र सर्वसाधारणलाई सम्मानजनक सेवा प्रवाह गर्ने पनि बताए।बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशमा शान्ति सुरक्षाको स्थिति सामान्य र चुस्त रहेको जानकारी दिएका छन्। बैठकले आगामी दिनहरूमा शान्ति सुरक्षामा सुधारका लागि संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।

साथै, प्रदेशस्तरमा सुरक्षा सम्बन्धी बैठकलाई मासिक रूपमा सञ्चालन गर्ने र भन्सार चेकजाँच तथा सीमापार आवागमन सहजीकरणका लागि थप सुधार ल्याउने निर्णय पनि गरियो।बैठकले रोजगारका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि एक समिति गठन गर्ने निर्णय गरेको छ।यस समितिमा विभिन्न सरोकारवाला कार्यालयका प्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरू समावेश हुनेछन्।बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाश बम, नेपाली सेना, सुदूरपश्चिम पृतना हेड क्वाटर उपरथी प्रकाश देउजा, र विभिन्न सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed