क्षतिपूर्ति दिने सहमतिपछि बैतडीका अन्तरामको शव उठाइयो

शेयेर गर्नुहोस

धनगढीः  बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टको शव उठाइएको छ।

सिगास गाउँपालिका–९ बाजपानीका विष्टको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतक विष्टका दाजु नाता पर्ने केशवले परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव परीक्षणका लागि पठाइएको बताए।

जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोडमा ३० चैतमा सुदूरपश्चिम प्रदेश ०१००१ह ६५७९ नम्बरको अटो दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका २५ वर्षका विष्टको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको थियो। मृतकका श्रीमती, ४ वर्षीया छोरी र ६ महिनाका छोरा छन्।

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका थिए। उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ। मृतक विष्टका परिवारले अटो चालक दिपक धानुकलाई कारवाहिको माग गर्दै किटानी जाहेरी दिएका छन्। यसअघि दुर्घटनाका बेला अर्का व्यक्तिले अटो चलाएको पीडित पक्षले आरोप लगाएको थियो।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *