शेयेर गर्नुहोस
राजकोट । प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन हुनु भएको छ । सोमबार राजकोट नगर कमिटी अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न अधिबेशनले बिकको अध्यक्षतामा १४ सदस्यीय नया नगरकमिटी गठन गरेको हो ।
जस्को उपाध्यक्षमा दिलिप परियार ,सचिवमा गोबिन्द सोडारी सहसचिवमा गणेश परियार कोषाध्यक्ष निर्मला सोडारी,सदस्यमा कासिराम भण्डारी ,पुरन परियार,समिर तिखातरी,सरु चौधरी,तारा ब परियार, मदन परियार,दुधकला परियार र रेखा बिश्वकर्मा रहनु भएको छ । सल्लाहकार मा गणेश परियार रहनु भएको छ ।
राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य रमेस परियार रहनु भएको थियो भने गुजरात राज्य समिति उपसचिव तथा राजकोट नगर इन्चार्ज टंक बिक बिशिस्ट अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी परियारले नगरकमिटिलाई बधाई दिदै सङ्गठनलाई मजबुद बनाउन निर्वाचित कमिटीलाई निर्देशन दिनुभयो । प्रबासमा रहेका हरेक नेपालीको प्रबासी नेपाली संघ साथि बन्नु पर्ने उनले बताए ।यस्तै विशिष्ट अतिथी बिकले निर्वाचित समितीलाई बधाई ज्ञापन गर्दै सक्रिय भएर लाग्न आग्रह गर्नु भयो ।



कार्यक्रममा अन्य अतिथिहरु नगर उपाध्यक्ष अर्जुन बिक, सदस्य निसा सिंह ठकुरी राज्य सदस्य समिता टमट्टा ,राज्य सदस्यडम्मर बहादुर गुरुङ ,पुरन परियार,करन बिक,दान बिक्रम तिरुवा,बिष्णु तिरुवा ,रिदम सोनि ,सुनिल ताम्राकार लगायत अतिथी रहनु भएको थियो । कार्यक्रममा गायक राम प्रसाद भण्डारी ,समीर तिखातरी लगायतले साङ्गितिक प्रस्तुती समेत राख्नु भएको थियो । कार्यक्रमको संचालन नगर समिति सचिव दिलिप परियारले गर्नु भएको थियो ।
