कैलालीमा करणी मुद्दामा ६ वर्ष ८ महिना कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

कैलारी गाउँपालिका–२ निवासी डितेन चौधरी पक्राउ परेका हुन । चौधरीलाई जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतले ६ वर्ष ८ महिना कैद र तीन लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना तोकिएको थियो ।

जिल्ला अदालतको फैसलापछि फरार रहेका चौधरीलाई उनको घर नजिकैबाट पक्राउ गरेको हो । प्रहरीले चौधरीलाई अदालतको आदेशअनुसार थप कानुनी प्रक्रियाका लागि अगाडि बढाएको जनाएको छ ।

ताजा खबर

amazed