कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । धनगढीमा करीब १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन ।

धनगढी उपमहानगरपालिका–३ चौराह र धनगढी– १२ जुगेडाबाट १७ ग्राम ८५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण शाखा कार्यालय धनगढी र वडा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । धनगढी चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र जुगेडा बि गाउँबाट एक ग्राम ६२० मिलिग्राम लागुऔषध बरामद गरेको हो ।

भारतको पलिया बस्ने २४ वर्षीय अबनिश कुमार चौराहबाट लागुऔषधसहित पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना जुगेडाबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले से २ प २०८७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताएको छ ।

ताजा खबर

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

हरेक बिहान भिजाएको बदाम खानुका ५ फाइदा

amazed