ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

शेयेर गर्नुहोस


पवन भण्डारी , धनगढी । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओलिलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्ने नेता भएको बताए । आज धनगढीमा एकीकृत समाजबादी जिल्ला कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै नेता भुसालले ओलि जस्तै मान्छे सत्तामा रहेका कारण देशमा भष्ट्रचार बढिरहेको बताए । ओली सात जन्मसम्मको लागि राजनीति गर्न अयोग्य रहेका पात्र रहेको बताउदै यीनको नालायकीपन अव धेरै नटिक्ने बताए ।

सत्तामा ओलि जस्तै मान्छे छन कहाँ देशको बिकास हुन्छ नेता भुसालले भने ।देशमा काङ्ग्रेस र एमालेका बारे बोल्ने या टिप्पणी गर्नेलाई झालझेल गरेरै भएपनी यिनिहरुले फसाउन खोजेको नेता भुसालको भनाई छ । सरकार बारे बोल्नेलाई केपि ओलि सरकार जाल झेल दमन गर्न मात्र खोजिरहेको उनले आरोप लगाए ।

राजाबादी सल्बलाउनुमा केहि गणतन्त्रबादी नेताहरुकै कमजोरी रहेको बताउदै उनले भने “राजतन्त्र ल्याउछौ भन्नू दिवा सपना जस्तै हो । राजा आउने सम्भावना छैन । अहिले यो अवस्था आउनु मुख्य कारण सत्ताधारी गणतन्त्रले गणतन्त्रको मुल्य नै नबुझ्दा यस्तो भैरहेको नेता भुसालले बताए ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed