शेयेर गर्नुहोस
टीकापुर । कैलाली जिल्ला तथा आसपासका ठाउँहरुमा भारी वर्षा भइरहेको छ ।
कैलालीको टीकापुर, भजनी, धनगढी, गोदावरी लगायतका ठाउँहरुमा वर्ष भइरहेको छ ।
महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ । अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतवार साँझ ५ः४५ देखि सोमवार बिहान ८ः४५ सम्ममा २१२ दशमलव २ मिलिमिटर वर्ष मापन गरिएको हो । अत्तरियामा मापन गरिएको यो वर्षा भारी हो ।
सोमवार बिहानदेखिको वर्षका कारण धनगढी जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका, पार्क मोड, रातो पुल लगायत मुख्य क्षेत्रमा पानी भरिएको छ। धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह बढेको छ ।















