कैलालीको टीकापुर स्थित सत्तीमा निर्माणाधिन तटबन्धको काम अधुरो रह्यो, राजनिती किचलोका कारण नदी कटानको जोखिम

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित कर्णाली नदीमा निर्माणाधिन तटबन्धको काम रोकिएको छ । सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा ८० लाखको लागतमा निर्माण हुँदै आएको तटबन्ध निर्माणको काम रोकिएकोे हो ।

लम्की चुहा नगरपालिका वडा नं. १ स्थित मनिष फादर निर्माण सेवाले उक्त तटबन्ध निर्माणको जिम्मेवारी लिएको थियो । जेठ ५ गतेबाट निर्माण हुँदै आएको तटबन्ध निर्माणको काम जेठ महिनाको २३/२४ गते बाट बन्द भएको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले पत्रकार सम्मेलनमा बताए ।

उनले भने–‘उक्त तटबन्धको काम असार २० गतेसम्म सम्पन्न भइ सक्नुपर्ने थियो । तर बिडम्बना काम आधा पनि हुँन सकेन । तटबन्ध निर्माणमा ३०० टिप्पर बोल्डर फाल्नुपर्ने थियो । तर तटबन्ध स्थलमा ८३ टिप्पर मात्र फालिएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस सम्बन्धमा मनिष फादर निर्माण सेवाका संचालक ज्ञानेन्द्र बहादुर शाहले उक्त काम वर्षाको समयमा असहज भएकाले रोकिएको बताए । साथै ३६ हजार घुस खाएको भन्ने चर्चाको विषयमा बुझ्न खोज्दा संचालक शाहले भने–‘सो रकम सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले लिएकै हुन ।

उक्त विषयमा सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष चौधरीले म सामुदायिक वनको अध्यक्ष नभएर होटर व्यवसायी समेत हु । मैले ३६ हजार लिएकै हो । २ हजार ठेकेदार शाहले मागे पछि आफ्नो खाता बाट नै ठेकेदार शाहको खातामा पठाएको र अन्य होटेलमा खाना, नास्ता गरेको बाँकी रकम लिएको हो । साथै अझै ठेकेदार शाहबाट आफुले होटेलको २० हजार २ सय लिन बाँकी रहेको समेत बताए ।

साथै पत्रकार सम्मेलनमा सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले ठेकेदार ज्ञानेन्द्र शाहले आफ्नो होटेलमा खाएको उदारो पश्चात आफुले लिएको रकमको हिसाव किताव सार्वजनिक गरेका छन ।

उक्त तटबन्ध निर्माणको काम रोकिनु बिडम्बना हो । नदी कटान भइरहदा समयमै तटबन्ध निर्माण सम्पन्न नहुनु दुःखद भएको टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए । केहि दिन अघि यस विषयमा छलफल गरेको र ठेकेदारले तटबन्ध स्थल सम्म टिप्पर लिनलाई सहज गराइ दिन सडकमा ह्युम पाइप हालीदिन भनेका थिए । तर ठाउँठाउँमा बाढी आइरहेको र वर्षातको यस्तो अवस्थामा हेम पाइप हाल्न नसकिने कुरा आफुले बताएको मलवारालाई जानकारी दिए ।

उक्त तटबन्ध निर्माणमा पहिलो पक्षका तर्फबाट निर्माण कार्य संचालक समिति संयोजक पल बहादुर बस्नेत, दोश्रो पक्षका तर्फबाट मनिष फादर निर्माण सेवा संचालक ज्ञानेन्द्र बहादुर शाह र रोहवरमा टीकापुर नगरपालिक वडा नं. ७ का कार्यवहाक वडा अध्यक्ष राज कुमार चौधरी को हस्ताक्षर रहेको छ ।

यस सम्बन्धमा तटबन्ध निर्माणमा पहिलो पक्षका तर्फबाट निर्माण कार्य संचालक समिति संयोजक पल बहादुर बस्नेत संग सम्पर्क हुन सकेन ।

विकाश निर्माण राजनितीक पुर्वाग्रहले कमजोर हुँदै गएको पछिल्लो समयले देखाएकोे छ र यो विकाश निर्माणमा समेत राजनिती पुर्वाग्रह भएको स्थानीय वासिन्दा बताउँछन । तटबन्ध निर्माण रोकिए पछि अब यसको जिम्मेवारी तटबन्ध निर्माण गर्न जिम्मेवारी लिने समाजका अगुवाहरुले लिनुपर्ने स्थानीय बासिन्दा बताउँछन ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *