शेयेर गर्नुहोस
टीकापुर । नेपाल भारत जनमैत्री संगठनको मंगलबार टीकापुरमा भेला भएको छ । नेपाल भारत जनमैत्री संगठनका महासचिव सम थापाको प्रमुख आतिथ्यतामा उक्त भेला भएको हो ।
भेलाले भागिरथी देउवाको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ । यसैगरी उपाध्यक्षमा सुनिता अधिकारी, सचिवमा नृप ठकुल्ला र कोषाध्यक्षमा धन बहादुर बुढा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरु जयन्ती साँउद, शिलु खतिवडा, विकाश वर्मा, गोमती रेग्मी, हरि उपाध्याय निर्वाचित भएका छ्न ।
भेलाले सल्लाहकार पदमा कलावती स्वार, केशरी विष्ट, पुष्प बम, कल्पना जैसी, सिर्जना पण्डित शर्मा, सुशिला टमट्टा र राधा रावल चयन गरेको छ ।
भेलामा संगठनका केन्द्रीय सदस्य सर्पराज साँउद, अनन्त खडका र कैलाली जिल्ला अध्यक्ष नविन खनाल लगायतको समेत उपस्थिति रहेको थियो ।
नेपाल भारत जनमैत्री संगठनको बिभिन्न समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

