शेयेर गर्नुहोस
टीकापुर । कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूह जानकी–६ जगतपुर कैलालीले कैलाशेश्वर सामुदायिक वन जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ ।
सोमवार गरेको उक्त कार्यक्रम मा साविक दुर्गौली गाविस अन्र्तगतका सामुदायिक विद्यालय बाट प्रथम भएका विद्यार्थीलाई हौसला स्वरुप नगद रकम प्रदान गरिएको छ ।
सरस्वती मावि धर्मापुरबाट एसइइमा घ।छछ जिपिए ल्याएर उतिर्ण भएका सन्तोष सञ्ज्याल लाई १० हजार प्रदान गरिएको छ । यसैगरी एसईईमा द्द।ढठ जिपिए ल्याएर उतिर्ण भएकि मञ्जु श्री माविकि सदिक्षा बमलाई समेत १० हजार नगद प्रदान गरिएको छ ।
त्यस्तै बालज्योति मावि जगतपुरबाट कक्षा ८ मा प्रथम भएकि श्रेया देबकोटालाई ५ हजार नगद प्रदान गरिएको छ ।
यसैगरी भृकुटी मावि स्वबर्णपुरबाट कक्षा ८ मा प्रथम भएका खुमन बजगाईलाई समेत ५ हजार नगद रकम प्रदान गरिएको छ । यसैगरी बिभिन्न विद्यालयका १२८ जना विद्यार्थीहरुलाई समेत १ हजार ५ सय नगद प्रदान गरिएको छ ।
यसरी राम्रो अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई थप हौसाला दिनका निमित्त यो कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।
कार्यक्रमका संयोजक कर्ण बहादुर कुवँरको सभापतित्वमा भएको उक्त कार्यक्रममा शव डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत दिलिप कुमार यादव प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य विष्णु कुमारी बम शाहले गरेका थिए भने कार्यक्रम संचालन भक्त बहादुर विश्वकर्माले गरेका थिए । कार्यक्रममा राजनितीकदलका नेता, समाजसेवी लगायत धेरैको उपपिस्थती रहेको थियो ।