कैलालीमा डेढ किलो चरेस सहित ४ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरीबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेस सहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ । बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – २ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त होटलबाट बझाङ छबिसपाथिभारा गाउँपालिका – ७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो चरेस बरामद गरिएको डिएसपी चन्दले बताए ।

यस्तै बिहीबार राती नै डिएसपी चन्द कमान्डको टोलीले गोदावरी नगरपालिका – १ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेस सहित ३ जना पक्राउ परेका छन् । हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडी सुर्नया गाउँपालिका – ३ का २८ वर्षीय चन्द्र सिंह ऐरी , सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिक पक्राउ परेको डिएसपी चन्दले बताए ।

ताजा खबर

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *