शेयेर गर्नुहोस
टीकापुर । सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन भएको छ । भारतमा उपचारको क्रममा बुधबार उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । हमालको दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेको थियो ।
हमालले सुदूरपश्चिम स्पोट्स क्लव मार्फत खेलाडीहरुलाई अवसर दिएका थिए । उनले वर्षैभरी खेलाडीलाई आफ्नै घरमा राखेर खाने, बस्ने र व्यवसायिक तालिमको व्यवस्था मिलाउने गर्थे ।
हमालले ‘खप्तड गोल्डकप’ को अवधारणा ल्याए र त्यसलाई छैटौं संस्करणसम्म सफलतापूर्वक आयोजना गर्न सफल भएका थिए । कलेजमा पढ्नका लागि धनगढी आएपछि उनले सुदूरपश्चिमको खेलकुदलाई आफ्नै कर्मक्षेत्र बनाए । उनको घर भजनीमा छ ।