ममता अचार उद्योगबाट आत्मनिर्भर

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गोदावरी नगरपालिका- ४ बस्ने ममता लामिछाने । ‘घरमै बस्नु भन्दा केही काम गर्नु पर्छ भन्ने सोच्दै थिए २०७६ को कुरा हो’ उनले भनिन् ‘सिसा परियोजनाले अचारको तालिम दिँदै छ भन्ने कुरा सुने घरको कामको बेवास्ता गर्दै अचारको तालिम लिए ।’

तालिम पछि आफूले बुढीतोला क्षेत्रमा अचार उद्योग संचालन गर्दै आएको बताइन् । अहिले अचार उद्योग संचालन गरेको ५ बर्ष जति भएको र अन्नपूर्ण अर्गानिक घरेलु उत्पादन नामको फर्मबाट अचार उद्योग संचालन गरेको उनले बताइन् ।

अचार उद्योग संचालन पछि आफू आत्मनिर्भर भएको उनको भनाइ छ । डल्ले खुर्सानी,आँप,कागती,अमला, कोईराल,तामा ,लप्सी,लसुन,अदुवाको अचार आफ्नो उद्योगमा पाइने गरेको उनले बताइन् ।

‘तामाको अचार प्रतिकोलो रु ४०० पर्छ’ उनले भनिन् ‘अन्य अचार प्रतिकिलो ५०० का दरले बेच्ने गरेकी छु ।’ महिनामा ८० हजार जति कारोबार हुने र सबै खर्च कटाएर मासिक ४० हजार बचत हुने गरेको उनको भनाइ छ ।

उनले भनिन ‘४ जनाको परिवार छ । दुई छोरा छन् । कान्छो छोरा व्याचुलरमा पढ्दै छ जेठो बिदेश जाने तयारीका लागि काठमाडौ गएको छ ।’ उनीहरुको पढाइलेखाइ र घरखर्च सहजरुपमा चलिरहेको उनी बताउँछन् । पहिलाको भन्दा अहिले जीवनयापन सहज चलिरहेको उनले बताइन् ।

अचार उधोगमा ४ जना कर्मचारी रहेको र माग अनुसार अचार उत्पादन भइरहेको उनले बताइन् । उनले भनिन ‘३ रोपनी आफ्नै जग्गामा अदुवा ,खुर्सानी उत्पादन गर्ने गरेको छु । अपुग भएको किनेर ल्याउने गरेकी छु ।’ यहाँ उत्पादित अचार पहाड क्षेत्रमा जाने तथा केही उद्योगमै आएर लैजाने गरेको उनले बताइन् । उनले भनिन ‘तराइतिर पनि जान्छ तर उता पठाउने गरेको त छैन । मानिसहरु उद्योगमै आएर लैजाने गर्दछन् । खपत भइहाल्छ बजारीकरणको समस्या छैन ।’ एकै दिन एकसय डिब्बा अचार पनि बिक्री हुने गरेको उनको भनाइ छ । साथै दाल,चामल पनि बिक्री गर्ने गरेको उनले बताइन् । जुम्लीसेमी,बझाङको राज्मा,चना ,लोकल मसुरो,बासमती चामल,रातो मार्सी चामल पनि उद्योगमा उपलब्ध रहेको उनले बताइन् ।

दाल प्रतिकिलो रु २५० ,जुम्ली सीमी ३०० र बझाङको राज्मा प्रतिकिलो रु २८० मा बिक्री गर्ने गरिएको उनले बताइन् । ‘राज्यबाट त्यस्तो सहयोग केही पनि छैन’ उनले भनिन् ‘अनुदानका कुरा त सुन्छु । कसरी माग गर्नु पर्छ थाहा छैन् । एक चोटी फाराम भरेको त थिए तर अनुदान पाएन ।’

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed