शेयेर गर्नुहोस
टीकापुर । कैलालीबाट प्रहरीले ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरेका ५ जनालाई बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ पर्ने सार्वजनिक अपराध मुद्दामा ६ महिना कैद सजाय र २५ हजार जरिवाना तोकिएका जानकी गाउँपालिका – ८ भगरैयाका ३२ वर्षीय दयाराम चौधरी र सोही मुद्दामा कैद र जरिवाना तोकिएका २७ वर्षीय सुरेन्द्र चौधरी रहेका छन् ।
यस्तै चोरी मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका – ४ की ३२ की सृजना कुमाल, लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – ७ का २३ वर्षीय प्रकाश राना र लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका ७ कै २९ वर्षीय शिव राना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।















