कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट प्रहरीले लागू औषध सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – ८ नालापानीबाट ४५ वर्षीय सुरज चौधरी पक्राउ परेका छन् ।
उनको साथबाट ६ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट मनेहराबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

यस्तै टीकापुर नगरपालिका – ९ खक्रौला चेकपोस्ट नजिक सडक खण्डबाट टीकापुर नगरपालिका ब्लक नम्बर १७ का २३ वर्षीय खगेन्द्र साउद र टीकापुर नगरपालिका – ५ नुक्लिपुरका २६ वर्षीय दीपक विष्ट पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ५६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *