बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर २७ वर्षीया मञ्जु कामीको मृत्यु भएको हो ।

शनिबार बिहान घरबाट खर ल्याउन वनतर्फ गएकी मञ्जुले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खसेकी थिइन ।

उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको बताइएको छ । मञ्जुका तीन छोरी र एक छोरा छन् । उनका श्रीमान रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन् ।

ताजा खबर

amazed