कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन । टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट ४ ग्राम ९१० मिलिग्राम लागुऔषधसहित ३ जना पक्राउ परेका हुन ।

टीकापुर नगरपालिका– ८ कर्मीडाँडा बस्ने ३१ वर्षिय प्रविण साउँद, सोही ठाउँ बस्ने २६ वर्षिय धन बहादुर चौधरी र वडा नं। ९ बस्ने २८ वर्षिय कृष्ण बहादुर साउँद रहेको प्रहरीले बताएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रविण र धनबहादुरलाई प्रहरीले नगरपालिकाको वडा नं। ९ खक्रौला पोष्टबाट पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको र उनिहरुको साथबाट ८६० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै वडा नं। ९ कै बालुवाचोकस्थित सडकखण्डबाट पक्राउ परेका कृष्णबहादुरको साथबाट ४ ग्राम ५० मिलिग्राम लागुऔषध बराम गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *