चितवनमा कोरोना सङ्क्रमणबाट थप एकजनाको मृत्यु

शेयेर गर्नुहोस

चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका मेडिकल कलेजले जानकारी दिएको छ ।

कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको आज बिहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवनका ९ जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लाका ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed