विजयराम मृत्यु प्रकरणः एक इन्स्पेक्टरसहित तीन प्रहरी निलम्बनमा

शेयेर गर्नुहोस

रौतहट । रौतहटको गरुडास्थित विजयराम चमार मृत्यु प्रकरणमा एक इन्स्पेक्टर (प्रहरी निरीक्षक)सहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएर मृत्यु भएको भन्दै इन्स्पेक्टर निविन कुमार सिंह सहित तीन प्रहरी निलम्बनमा परेका हुन् ।

गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया का २० वर्षीय निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका उनको सोधपुछमा संलग्न इलाका प्रहरी कार्यालय गरुडाका सिंहसहित प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई निलम्बन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

प्रहरी निमावली २०७१ नियम ११५ (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि उनीहरु निलम्बनमा परेका हुन् ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed