अन्तिम दुई मिनेटमा दुई गोल गर्दै न्यूकासल विजयी

शेयेर गर्नुहोस

काठमाडौं । न्यूकासल युनाइटेडले यस सिजन प्रिमियर लिगमा चौथो जित हात पारेको छ । गएराति भएको लिगको एकमात्र खेलमा न्यूकासलले अन्तिम दुई मिनेटमा दुई गोल गर्दै क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । जितपछि न्यूकासल १०औं स्थानमा उक्लेको छ ।

प्यालेसको मैदानमा भएको खेलमा ८८औं मिनेटसम्म खेलको गोलरहित बराबरी भएको थियो । तर अन्तिम दुई मिनेटमा न्यूकासलले दुई गोल गर्‍यो । ८८औं मिनेटमा कलुम विल्सनले गोल गर्दै अग्रता दिलाए भने ९०औं मिनेटमा जोएलिन्टनले न्यूकासलको लागि दोस्रो गोल गरे ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed