राष्ट्रिय फुटबलर रेनुका विवाह बन्धनमा

शेयेर गर्नुहोस

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेनुका नगरकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । घरेलु फुटबल विभागीय टोली एपीएफबाट खेल्ने रेनुकाले प्रेम सबन्धलाई मंगलबार विवाहमा परिणत गरेकी हुन् ।

रौतहटकी रेनुकाले प्रेमी जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन् । रेनुका र अभिषेकले ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेकी रेनुका मिडफिल्डर हुन् । गत वर्ष मंसिरमा पोखरामा भएको १३औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा रेनुका टिमकी सदस्य थिइन् ।

रेनुकाले भारतमा सन् २०१६ मा भएको चौथो महिला साफच्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन् । यस्तै २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनी टिममा थिइन् ।

ताजा खबर

सेतीमा नुहाउने क्रममा बेपत्ता भएका नरबहादुरको शव फेला

कञ्चनपुरमा ८८ लाख बराबरका भन्सार छलीका सामान नियन्त्रणमा

वनमा लागेको आगोले गाईगोठमा आगलागी

अतिक्रमणमा परेको पुरैना ताल पुनर्निर्माण गरिने

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

amazed