टीकापुर ६ र ७ का केहि भाग डुबान हुने अवस्थामा

शेयेर गर्नुहोस

टीकापुर । बर्षाले टीकापुर नगरपालिका वडा नं. ६ पर्सेनी र भवानपुरको बिच भागमा रहेको खोलामा पानीको सतह बढेको छ । अझै केहि समय बर्षा भएमा सो ठाउँ आसपासका घरहरु डुबानमा पर्न सक्ने अवस्था छ ।


हिजो (शुक्रबार) सत्ती प्रहरी चौकीमा प्रमुख भएर आएका प्रहरी नायव निरिक्षक चंख बहादुर कठायतले दिएको जानकारी अनुसार पर्सेनी र भवानपुरको बिचको खोलामा पानीको सतह माथिल्लो भागसम्म आएको छ ।


सो ठाउँमा पानीको सतह आवतजावत गर्ने सडक माथिसम्म पानी आएको र आवतजावत गर्दा करिब साढे १ फिट पानीबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको समेत कठायतले बताए ।


यसैगरी टीकापुर नगरपालिका वडा नं. ७ स्थित सुन्दरपुर टोलमा पनि सुनसुनैयाँ र गैरी खोलामा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सुन्दरपुर गाउँ डुबानमा पर्नसक्ने अवस्था देखिएको नारायणपुर जेशिजका पुर्व अध्यक्ष शम्भु कडायतले जानकारी दिए ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *