कैलालीको भजनीमा मानव कंकाल फेला पर्यो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनीमा मानव कंकाल फेला परेको छ । हिजो भजनी नगरपालिका वडा नं. ७ चरास्थित कान्द्रा नदीको किनारमा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कान्द्रा नदीको किनार मुस्लिमहरुको ताजिया बिसर्जन गर्ने स्थानदेखि केहि पर उखु बारीमा रातो बुटेदार सुरवाल र रातो कलरको आउटर लगाएको कंगाल सडेको अवस्थामा फेला परेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed