फास्ट नेपालद्वारा विद्यालयलाई बहुमुल्य रक्तचन्दनका बिरुवा हस्तान्तरण

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय
धनगढी । फारवेष्ट एग्रीकल्चर सोलुसन एण्ड ट्रेडिङ ‘फास्ट नेपालले कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माविलाई रक्तचन्दनको बिरुवा हस्तान्तरण गरेको छ ।

कृषि क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको संस्थाले उक्त विद्यालयलाई २० वटा बिरुवा हस्तान्तरण गरेको हो । बहुउपयोगी मानिएको रक्तचन्दन आर्थिक दृष्टिकोणले समेत लाभदायक मानिन्छ ।

संस्थाले कैलारी गाउँपालिकामा कार्यक्रम विस्तार गरेर विभिन्न काम गरिरहेको छ । संस्थाका प्रबन्धक सुगम देउवा पुर्व विद्यार्थीसमेत रहेकाले यससँगै अन्य योजनाहरु समेत रहेको प्रबन्धक स्वयंले एक अनौपचारिक कार्यक्रममा बताएका हुन् ।

विद्यालयको आर्थिक, भौतिक, शैक्षिक विकासका लागि पुर्व विद्यार्थीहरु एक भएर एक पुर्व विद्यार्थी संगठन बनाउने र त्यसैमार्फत सबैसँग सहकार्य गरेर विद्यालयकै विकासको लागि अक्षकोषसमेत बनाइने प्रबन्धक देउवाले बताएका हुन ।

त्यस्तै विद्यालयका प्रध्यानाध्यापक घनश्याम भट्टले उक्त योजनाको स्वागत गर्दै यस्ता काम गर्न पाए विद्यालयको विकासमा थप टेवा पुग्ने बताए । उनले आफुले अध्ययन गरेको विद्यालयका लागि पुर्व विद्यार्थीहरु एक भएर यसै गरि सकारात्मक योजना बनाएर ल्याए विद्यालयले धेरै फड्को मार्ने विश्वास लिएको बताए । त्यस्तै प्रध्यानाध्यापक भट्टले संस्थामार्फत रक्तचन्दन, केरा लगायतका बोटहरु विद्यालयको जग्गामा लगाउन सके आर्थिक समस्या नपर्ने बताए ।

त्यस्तै उक्त विद्यालयमा विगत २८ वर्षदेखि अध्यापन गराउदै आएका डिल्लीराम मिश्रले आफुले पढाएका विद्यार्थी यसरी विद्यालयलाई नै सहयोग गर्न आएको देख्दा निकै खुशी भएको बताए । उनले विद्यालयलाई यसरी नै अरुले पनि सहयोग गरे आफुलाई कुनै कुराको अप्ठ्यारो नपर्ने बताउदै विद्यालयलाई थप सक्दो सहयोग गर्न आग्रहसमेत गरे ।

विद्यालयका प्रध्यानाध्यापक, शिक्षकले राखेको प्रस्तावलाई स्विकार गर्दै संस्थाका प्रबन्धक देउवाले दशैंभित्र एक औपचारिक कार्यक्रम गरेर भुपु विद्यार्थी संगठनको घोषणा गरिने र विद्यालयलाई आवश्यक बोटविरुवा सकेजती उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन । विद्यालय नजिकै घर भएकाले पनि दशैंको एक महिने फुर्सदिलो समयमा विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई निशुल्क रुपमा विज्ञान र गणित विषयको ट्युसन पढाउनेसमेत प्रतिबद्धता व्यक्त गरेका हुन जसका लागि विद्यालयले आधिकारिक अनुमती दिनुपर्ने उनको भनाई छ ।

उक्त कार्यक्रमको अवसरमा संस्थाका कार्यकारी व्यवस्थापक यज्ञराज उपाध्यायले संस्थाको बारेमा प्रकाश पार्दै बोटविरुवा विद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका भुपु विद्यार्थी प्रदिप चौधरी, अविनाश चौधरी, सन्तोष चौधरी लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *