५ बर्षिय एक बालक मृत फेला

शेयेर गर्नुहोस

झलारी । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका– ७ का ५ बर्षिय बालक मृत फेला परेका छन

मामाको घरमा बस्दै आएका उनि शनिबार बेलुकादेखि वेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनसरका डिएसपी सिद्दराज न्यौपानेका अनुसार ५ बर्षिय सुुशान्त बुढा मृत फेला परेका हुन । शव मामाको घरदेखि दुई सय मिटर पर रहेको खल्लामा भेटिएको न्यौपानेले बताए ।

शनिबार बेलुका ४ बजे उनि घरबाट निस्किएका थिए । बेलुका अबेरसम्म घर नआएपछि उनको खोजी शुरु गरिएको थियो । मृतक सुशान्तका बुवा चन्द्रबहादुर बुढा भारतमा रोजगारी गर्छन् । उनि आफ्नी आमा चन्द्रकलासंग मावाली घरमा बस्दै आएका थिए ।

उक्त घट्नाबारे थप अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed