टीकापुरमा बजार सरसफाइ संगै संस्कृतीको जगेर्ना गर्न देउसी भैलो खेलिने

शेयेर गर्नुहोस

सुदिप बिक,
टीकापुर । कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीको जगेडा गर्न शुक्रबार देखी देउसी भेलो खेल्ने भएको छ ।

शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलिरहेको अन्तराष्ट्रिय सँस्था शितल ऐकाडेमी टीकापुर शाखाले बृहत टीकापुर बजार सरसफाइ संगै संस्कृतीको जगेडा गर्न बिगतका बर्षहरु झै यस बर्षपनी देउसी भैलोको आयोजना गरेको हो ।

देउसी भैलो बाट संकलित रकमले टीकापुर नगरपालिका भित्रमा सामुदायिक बिद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग स्वरुप शैक्षिक सामाग्री वितरण गर्ने अभियानका साथ देउसी भैलो सुरु गरेको शितल ऐमाडेमीका संचालन तथा शिक्षक ईन्द्र भट्टले जानकारी दिनु भयो ।

बिगत लामो समय देखी देशका बिभिन्न शहरमा अग्रेजी भाषा सिकाउदै आएको एकाडेमीले टीकापुरमा पनी आफ्नो शाखा बिस्तार गरे संगै अग्रेजी भाषा सिकाउनुका साथै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आईरहेको एकेडेमीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *