चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउदै

शेयेर गर्नुहोस

टीकापुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न आउन लागेका छन ।
ओली बिहिबार बिहान सौर्य एयरलाइन्सको नियमित उडानमार्फत् सुदूरपश्चिम प्रदेश आउन लागेको जनाइएको छ ।

एमाले पोलिटब्यूरो सदस्य एवं कैलालीका सांसद नारदमुनी रानाका अनुसार एमाले अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान साढे ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् । बेलौरीको चुनावी सभा सकेर दिउँसो साँझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed